स्थानीय श्रोत र साधानलाई परिचालन गरि स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने संस्था बहुउद्देश्यीय प्रकृतिको भएकोले सदस्यलाई एउटै छाना मुनिबाट खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तुहरुको सहज उपलब्धताको लागि गार्डेन मार्ट नामको डिपार्टमेन्ट स्टोर खोलि सेवा दिने यस संस्थाको उदेश्य रहेको छ।
हामीलाई सम्पर्क गर्नुहोस् ।
Vision

हाम्रो कम्पनी बारे

सहकारी ऐन २०७४ अन्तर्गत स्थापित यस शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि. (साविक शिखारदिप बहुउद्देश्यीय सहकारी संस्था लि. र शिव शिखर कृषि सहकारी संस्था लि .)  बिच २०७७/०४/०४ मा मर्ज भएको देशका ३५ जिल्लामा कार्य क्षेत्र रहेको बहुउद्देश्यीय प्रकृतिको सहकारी इजाजत प्राप्त संस्था हो। यसका बैतडी ,कंचनपुर ,डडेल्धुरा ,डोटी, कैलाली ,बाँके ,सुर्खेत ,बर्दिया ,दैलेख , दाङ्ग ,बाग्लुङ्ग ,गुल्मी , अर्घाखाची , कपिलवस्तु , रुपन्देही ,नवलपरासी ,लम्जुङ्ग , कस्कि , गोर्खा ,कास्की , गोर्खा , धादिंग ,नुवाकोट ,काठमाडौँ ,ललितपुर ,भक्तपुर ,काभ्रेपलान्चोक , मकवानपुर , चितवन , दोलखा , रामेछाप , सिन्धुली ,ओखलढुङ्गा , ताप्लेजुङ्ग  , तेह्रथुम , इलाम र पाँचथर जिल्लाहरु कार्य क्षेत्र रहेको छन्। 

स्थानिय श्रोत र साधनलाई परिचालन गरि स्थानीय स्तरमा रोजगारी  सृजना गर्ने संस्था बहुउद्देश्यीय प्रकृतिको भएकोले सदस्यलाई एउटै छाना मुनिबाट खाद्यान्न तथा अन्य अत्यावश्यक बस्तुहरुको सहज उपलब्धताको लागि गार्डेन मार्ट नामको डिपार्टमेन्ट स्टोर खोलि सेवा दिने , पशुपालन तथा मासुजन्य पदार्थ , कृषि तथा जडिबुटीको अनुसन्धान , प्रसोधन तथा बजारीकरणमा  कृषकहरुलाई समेत सहभागी गराउने सम्मका कार्य गर्ने गराउने लगायतका यस संस्थाका उद्देश्य रहेका छन्।

 

हाम्रा भावी योजना तथा कार्यक्रमहरु

       शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि. को शेयर पूँजि सदस्य संख्यामा बृद्धि गर्दै लैजाने

       बहुउद्देश्यीय सहकारी संस्था लि. को सदस्यको आवश्यकता अनुसारका सेवा विस्तारका लागि आवश्यक योजना बनाउने

       बहुउद्देश्यीय सहकारी संस्था लि. को सदस्यको सामाजिक सांस्कृतिक सुरक्षा तथा आवश्यकता पूरा गर्नको लागि स्थापित सदस्य सुरक्षाकोष मार्फत सदस्यहरुलाई पर्ने अस्वाभाविक दुर्घटना, दीर्घ रोग मृत्यू संस्कारका लागि प्रदान गरिने सहयोगलाई निरन्तरता प्रदान गर्ने

       संस्थागत लगानीका लागि आवश्यक अनुसन्धान पछि छनौट हुने दीर्घकालिन योजना विकास गरी सदस्यहरुको आर्थिक उन्नति हुने कार्यक्रम संचालनमा ल्याउने

       सहकारी संस्था लि. को कर्मचारीहरुको कार्यदक्षता विकास गर्न तालिमको व्यवस्था गरी सदस्य सेवामा अझ समर्पित तवरले कार्यगर्न लगाउने

       सहकारीताका आधारमा सम्भव सबै सहकारी कर्मीहरुसँगको सम्बन्ध सुमधूर बनाउन आवश्यक नेतृृत्वदायि भूमिका निर्वाह गर्ने

       सबै सदस्यहरुमा सहकारीताको भावना जागृत गराउन सहकारी भ्रमणको विशेष कार्यक्रम नियमित गर्ने

       क्रमिक बचत खाता मार्फत् एक बर्षे, दुईबर्षे तीनबर्षे लगायतका विशेष बचतकार्यक्रम नियमित गर्ने

       संस्थाको लागि सेवाकेन्द्र स्थापना गरी संस्थाको कार्य विस्तार गरी थप सेवा उपलब्ध गराउने

      कर्जा लगानीका क्षेत्रमा विविधता कायम गरी नयाँ क्षेत्र पहिचानमा जोड दिइने

       कार्यालयमा आवश्यक सामान थप्ने रंगरोगन गर्ने

       सदस्यहरुको क्षमता अभिवृद्धि सम्वन्धी तालिम तथा गोष्ठीलाई नियमितता दिने

       विगत साधारण सभाले अंगिकार गरेका कार्यक्रमहरुलाई निरन्तरता दिने

–   संस्थालाई बहुउद्देश्यीय सहकारीको रुपमा विकास गर्ने । 

 

 

Saath
Privacy Settings
We use cookies to enhance your experience while using our website. If you are using our Services via a browser you can restrict, block or remove cookies through your web browser settings. We also use content and scripts from third parties that may use tracking technologies. You can selectively provide your consent below to allow such third party embeds. For complete information about the cookies we use, data we collect and how we process them, please check our Privacy Policy
Youtube
Consent to display content from Youtube
Vimeo
Consent to display content from Vimeo
Google Maps
Consent to display content from Google
Spotify
Consent to display content from Spotify
Sound Cloud
Consent to display content from Sound