Relief Distribution
Relief Distribution
शिव शिखर कृषि सहकारीद्धारा श्रमिकलाई राहत वितरण

शिवशिखर कृषि सहकारी संस्थाले पोखरा महानगरपालिकाका श्रमिकहरुलाई राहत वितरण गरेको छ । श्रमिक दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नम्वर ४ र ५ मा बस्ने ३ सय श्रमिक परिवारलाई शिव शिखर कृषि सहकारीको उत्पादन उपकार ब्राण्डका खाद्य सामाग्री बितरण गरेको हो ।

संस्थाले प्रति ब्यक्ती पाँच केजी चामल, एक केजी दाल, एक केजी नुन र एक केजी तेल राहत सहयोग गरेको जनाएको छ । राहत वितरण कार्यक्रममा पोखरा महानगर प्रमुख मानबहादुर जिसी, वडा नम्वर ५ का अध्यक्ष धनबहादुर नेपाली वडा नम्वर ४ का अध्यक्ष शंकरप्रसाद बास्तोला वडा सचिव केशवराज कोइराला तथा वडास्तरिय टाक्सफोर्स संयोजक पुष्करबहादुर श्रेष्ठ र वडा सदस्य सीता कोइराला, सीता नेपाली लगायतको उपस्थििति रहेको थियो ।

शिव शिखर कृषी सहकारीद्धारा विपद्कोषमा ८७५ किलो चामल सहयोग

शिव शिखर कृषी सहकारी संस्था धनगढी शाखा कार्यालयले धनगढी उपमहानगरपालिकाको विपद् ब्यवस्थापन कोषमा ८७५ किलो चामल सहयोग गरेको छ ।

लकडाउनका कारण छाक टार्न समस्या भएकाहरु, दैनिक ज्याला मजदुरी गर्ने, कोठा भाडामा वस्ने अति विपन्न लगाएतका वर्गलाई राहत पुगोस् भन्ने उद्धेश्यले स्थापना भएको धनगढी उप–महानगरपालिकाको विपद ब्यवस्थापन तथा राहत कोषमा सहयोग गरेको हो । राहत संस्थाका शाखा प्रवन्धक हेमराज जोशीले नगरप्रमुख नृपबहादुर वडलाई हस्तान्तरण गरेका हुन् ।

साथै संस्थाले लकडाउन को समयमा घरबाट बाहिर निस्कन नमिल्ने असहज परिस्थितिमा सदस्य हरुको घरमै पुगि चेक सटही गर्ने, तथा सदस्यहरुलाई कुनै रोगको नियमित खानु पर्ने औषधी सकिएको अवस्थामा पनि घर घरमा पुर्याइदिने ब्यवस्था गरेको शाखा प्रमुख जोशीले बताए ।

Relief Distribution
विपद् ब्यवस्थापन कोषमा शिखरदिप र शिव शिखर सहकारीको सहयोग

शिखरदिप बहुउद्देश्यीय सहकारी संस्था र शिवशिखर कृषि सहकारी संस्थाले भक्तपुर नगरपालिकाको विपद् ब्यवस्थापन कोषमा खाद्यान्न सहयोग गरेका छन् ।

संस्थाले भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतीलाई १५० प्याकेट उपकार चामल, १५० प्याकेट चनाको दाल तथा १५० प्याकेट नुनलगाएतको राहत  हस्तान्तरण गरेको जनाएको छ ।

विश्व कोरोना भाइरसको संक्रमणले थलिरहेको र नेपालमा समेत पूर्ण लकडाउनको अवस्था रहेको हुँदा दैनिक ज्याला मजदुरी गर्ने, कोठा भाडामा वस्ने अति विपन्न लगाएतका वर्गलाई राहत पुगोस् भन्ने उद्धेश्यले स्थापना भएको उक्त कोषमा सहयोग गरेको संस्थाले जनाएको छ ।

नौ सय विद्यार्थीलाई शिखरदीप सहकारीको सहयोग

कौशलटारमा मुख्य कार्यालय रहेको शिखरदिप बहुउद्देश्यीय सहकारीले कीर्तिपुर नगरपालिका तथा नगरपालिकाको वडा नम्वर ७, ८ र ९ मा रहेका विद्यार्थीहरुलाई खाद्ययान्न सहयोग गरेको छ । संस्थाको कीर्तिपुर शाखा कार्यालय तथा नगरपालिका मार्फत विद्यार्थीहरूलाई राहत सामाग्री वितरण गरेको हो ।

अनेरास्ववियुको समन्वयमा कीर्तिपुर नगरपालिका वडा नं. ७, ८ र ९ मा बसेका विद्यार्थीहरुलाइ बैशाख ६ गते चामल ३०० बोरा (४५ क्वीन्टल), चना दाल ३०० प्याकेट (६०० किलो) र खाने तेल ३०० बोतल (३०० लिटर ) वितरण गरेको थियो ।

राहत वितरण कार्यक्रममा संस्थाका अध्यक्ष केदारनाथ शर्माले बिद्यार्थिहरु राष्ट्रका कर्णधार भएकाले उनिहरुलाई यस विषम परिस्थितिमा सहयोग गर्नु हाम्रो कर्तव्य भएको बताए ।  उनले भने ‘हामी संग नेपालको जनसंख्या लाई १ महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेकोले कसैले पनि भोकै मर्ने दिन आउन नदिने बताए ।

 

 

कीर्तिपुर नगरपालिका वडा ९ लाई शिखरदिप सहकारीद्धारा खाद्ययान्न सहयोग

कौशलटारमा मुख्य कार्यालय रहेको शिखरदिप बहुउद्देश्यीय सहकारी संस्थाले कीर्तिपुर नगरपालिका वडा नम्वर ९ को कार्यालयलाई खाद्ययान्न सहयोग गरेको छ ।

संस्थाले वडा कार्यालयको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा राहत सहायता कोषमा २५ किलोको ६० बोरा चामल तथा खाने तेल १५० लिटर र मासको दाल १ सय किलो सहयोग गरेको हो । संस्थाले कीर्तिपुर सेवाकेन्द्र मार्फत उक्त सहयोग नगरपालिकाको वडा ९ लाई राहत सामाग्री हस्तान्तरण गरेको संस्थाका मुख्य प्रवन्धक लिलानाथ गौतमले जानकारी दिए ।

विश्व कोरोना भाइरसको संक्रमणले थलिरहेको र नेपालमा समेत पूर्ण लकडाउनको अवस्था रहेको हुँदा दैनिक ज्याला मजदुरी गर्ने, कोठा भाडामा वस्ने लगाएतका विपन्न वर्गलाई राहत पुगोस् भन्ने उदेश्यले स्थापना भएको उक्त कोषमा राहत सहयोग गरेको मुख्य प्रवन्धक गौतमले बताए ।

 

Privacy Settings
We use cookies to enhance your experience while using our website. If you are using our Services via a browser you can restrict, block or remove cookies through your web browser settings. We also use content and scripts from third parties that may use tracking technologies. You can selectively provide your consent below to allow such third party embeds. For complete information about the cookies we use, data we collect and how we process them, please check our Privacy Policy
Youtube
Consent to display content from Youtube
Vimeo
Consent to display content from Vimeo
Google Maps
Consent to display content from Google
Spotify
Consent to display content from Spotify
Sound Cloud
Consent to display content from Sound