
गीताकुमारी जोशी
अत्तरिया : शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १५औं सेवा शाखा अत्तरियामा संचालनमा आएको छ । लक्ष्मी पुजाको विशेष अवसर पारी शनिबार आजापुजाका साथ संस्थाका प्रदेश प्रवन्धक दिपक ऐरले शाखालाई संचालनमा ल्याएका हुन । गोदावरी नगरपालिकाको धनगढी रोडमा विस्तार भएको शाखा सुदूरपश्चिम प्रदेशमा धनगढी, डडेल्धुरा पछिको तेश्रो रहेको प्रवन्धक ऐरले बताए ।
२०६९ सालमा कृषि र किसानलाई मध्येनजर गर्दै भक्तपुरबाट संचालनमा आएको सहकारीले शाखा बिस्तार गरेको हो । ३५ जिल्लामा सेवा शाखाका रुपमा संचालन गर्ने अनुमति पाएको संस्थाले यस अघि सल्लाहघारी भक्तपुर, कमल बिनायक भक्तनपुर, न्युरोड काठमाण्डौ, बागबजार काठमाण्डौ, मंगलबजार ललितपुर, नयाँबजार किर्तिपुर, महाराजगंज बासवारी, पोखरा, भरतपुर, कोहोलपुर, तुलसीपुर र सुदूरपश्चिम प्रदेशको धनगढी, डडेल्धुरामा शाखा बिस्तार गरेको छ ।
सहकारी अन्तरगत वित्तिय सहयोगमा १५८ वटा खाद्य र कृषि सम्वन्धि मेसिनरी सामाग्री उत्पादनका साथै सहज रुपले सुपथ मुल्यमा सेवा केन्द्र मार्पmत किसानहरुलाई उपलव्ध गराई रहेको अर्का प्रवन्धक हेमराज जोशीले जानकारी दिए । उनले सहकारीले दैनिक बचतका साथै सहकारीका सदस्यहरुलाई कृषि सामाग्री र ऋण समेत उपलव्ध गराउने बताए ।
भक्तपुर । भक्तपुरको कमलविनायकमा हालै सञ्चालनमा ल्याएको गार्डेन मार्टले ओपनिग अफर ल्याएको छ । अफर अन्तर्गत हरेक सामान खरिदमा तीन प्रतिशत छुटको व्यवस्था रहेको छ ।
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित गार्डेन मार्टमा छुटको व्यवस्था भएको हो । यो छुट २०७७ अजोज ३० गतेसम्म रहने जनाइएको छ ।
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रधान कार्यालय कौशलटार भक्तपुरमा रहेको छ ।
भक्तपुर : शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भक्तपुरमा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याएको छ । करिब तीन करोड लगानीमा भक्तपुर नपा १० मूलढोकामा उक्त स्टोर सञ्चालनमा ल्याइएको हो ।
स्टोरमा प्रारम्भिक चरणमा आठ सयभन्दा बढी उत्पादन तथा वस्तु राखिएको संस्थाका मुख्य प्रवन्धक लीलानाथ गौतमले जानकारी दिए । स्टोरमा करिब दुई हजार थरि उत्पादन तथा वस्तु उपलब्ध गराइने उनले स्पष्ट पारे ।
‘उपभोक्ताको माग र रोजाइअनुसार स्टोरमा वस्तु तथा उत्पादन बढाउँदै लान्छौं’, मुख्य प्रवन्धक गौतमले भने, ‘त्यसको लागि उपभोक्ताहरुको माग र रोजाइको लागि सर्वे गर्ने व्यवस्था पनि गरेका छौं ।’
स्टोरमा खाद्यान्न, पेयपदार्थ, साबुन तथा स्याम्पू, भान्छाका सामान, बालबालिकाको लागि खेलौना तथा लुगाफाटो, नूनतेल, चिनीसहित ८ सय किसिमका उत्पादन तथा वस्तु उपलब्ध रहेका छन् ।
अरु पसलमा भन्दा ५ देखि ७ प्रतिशत सस्तोमा उपभोक्तालाई वस्तु बिक्री वितरण गरिने स्टोरले जनाएको छ । त्यस्तै नजिकिँदो दसैंतिहारलाई लक्षित गरेर उपभोक्तालाई विशेष अफरको व्यवस्था गर्न लागिएको मुख्य प्रवन्धक गौतमले सुनाए ।
‘एउटै छानामुनि उपभोक्तालाई गुणस्तरीय सामान उपलब्ध गराउने हाम्रो उद्देश्य हो’, उनले थपे, ‘उपभोक्ताले हामीकहाँबाट सुलभ तरिकाले अन्यत्रभन्दा सस्तो दाममा सामान पाउनुहुनेछ ।’
सहकारीले सञ्चालन गरेको हुनाले व्यक्तिगत वा निजी रुपमा चलेका स्टोरले जस्तो गार्डेन मार्टले मूल्यमा बढी मार्जिन नराख्ने उनको भनाइ थियो । मुख्य प्रवन्धकले सुदूर पश्चिमको डडेलधुरापछि संस्थाले भक्तपुरमा दोस्रो स्टोर सञ्चालनमा ल्याएको बताए ।
सहकारीका प्रवन्धक रमेश खाइजूले यो वर्षभित्र देशभर थप ५० वटा डिपार्ट मेन्टल स्टोरसञ्चालनमा ल्याउने शिवशिखर सहकारीको लक्ष्य रहेको जानकारी दिए । जसअनुसार यहीं कार्तिकभित्र दाङको तुलसीपुर, काठमाडौंको कीर्तिपुर, बुढानिलकण्ठ, धापासी, ललितपुरको थैब, भक्तपुरको बालकोट र कास्कीको पोखरामा २ वटा थप मार्ट सञ्चालन आउने उनको भनाइ थियो ।
उनले प्रत्येक मार्टमा गार्डेन (बगैंचा) को व्यवस्था गर्ने उद्देश्यसहित नामसमेत गार्डेन मार्ट राखिएको स्पष्ट पारे । ‘किनमेल गरिसकेपछि उपभोक्ताले थप केही समय मार्टमा रहेको बगैंचामा बिताएर आनन्दको अनुभूति गरोस् भन्ने हाम्रो उद्देश्य हो,’ प्रवन्धक खाइजूले भने, ‘यसले किनमेल गर्न सिंगो परिवार नै सहभागी हुने विश्वास लिएका छौं ।’किनमेलमा सबै परिवारका सदस्यको सहभागिता हुने भएकाले पनि महिला, पुरुष र बालबालिका लक्षित उत्पादन तथा वस्तु मार्टमा व्यवस्था गरिएको उनको भनाइ थियो।
काठमाडौं, ९ साउन
सम्पदाको शहर भक्तपुरका दुई छिमेकी सहकारी संस्थाबीच एकीकरण सम्पन्न भएको छ । एकीकरणको बलले बिस्तारित र उत्साहित कौशलटार केन्द्रिय कार्यालय रहने शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले यसै आर्थिक वर्षभित्र देशभरका १३ वटै सेवा केन्द्रहरु अवस्थित जिल्लामा नमूना ‘गार्डेन मार्ट’ सञ्चालन गर्ने जनाएको छ । साउन १५ बाट एकीकृत कारोबार सञ्चालनको तयारीमा जुटेको संस्थाको योजनाले मुर्तरुप पाए देशको सहकारी इतिहासकै सबैभन्दा ठुलो उपलब्धि हुने छ । संस्थाले निकट भविष्यमै ७७ जिल्लामै मार्ट विस्तार गर्ने जनाएको छ ।
अध्यक्ष केदार नाथ शर्माका अनुसार केही मार्ट सञ्चालनमा आईसकेका छन् भने बाँकी निमार्णको क्रममा छन् । संस्थाले बचत तथा ऋणको कारोबारसँगै मार्ट सञ्चालन योजना अघि सारेको उहाँले बताउनुभयो । संस्थाले एक वर्ष अघिदेखिनै डडेलधुरा सेवाकेन्द्रमा मार्ट सञ्चालन गरिसकेको शर्माले उल्लेख गर्नुभयो ।
सहकारी एकीकरणको महाभियानमा शिव शिखर बहुउद्देश्यीयको पछिल्लो कदमले एउटा ईटा थप्ने मात्र होइन सेवा केन्द्रमा मार्ट सञ्चालनको तयारीले समग्र सहकारी अभियानको घरलाई बलियो बनाउने विश्वास गर्न सकिन्छ । भक्तपुरको सल्लाघारी मुख्य कार्यालय रहेको शिव शिखर कृषि सहकारी संस्था र कौशलटारमा मुख्य कार्यालय रहेको शिखर दीप बहुउद्देश्यीय सहकारी संस्था बीच एकीकरण भएको हो । संस्थालाई सहकारी विभागले साउन ४ गते एकीकरण प्रमाणपत्र प्रदान गरेको हो । संस्थाको कार्यक्षेत्र काठमाडौं उपत्यकाको ३ जिल्ला सहित ३५ जिल्ला रहेको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
मध्यपुर थिमी नगरपालिका–३ कौशलटार मुख्य कार्यालय रहने संस्थाको उपत्यकाबाहिर डडेल्धुरा, धनगढी, कोहलपुर, तुलसीपुर, पोखरा, नारायणघढ र उपत्यकाभित्र सल्लाघारी, कमलविनायक, बागबजार, न्युरोड, महारागञ्ज, पाटन र कीर्तिपुरमा सेवा केन्द्र रहने छ ।
२०७७ साल भित्र सबै सेवाकेन्द्रहरुमा मार्ट सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । ‘संस्थाको कार्यालयसँगै मार्ट सञ्चालन हुनेछ’, अध्यक्ष शर्माले भन्नुभयो, ‘जसले गर्दा सहकारीप्रतिको विश्वास पनि बढ्ने छ ।’ कमलविनायक, कीर्तिपुर र तुलसीपुरमा मार्टको निमार्ण कार्य जारी रहेको र छिट्टै सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । काठमाडौं उपत्यकामा मात्रै ५० वटा यस्ता मार्ट सञ्चालन हुने उहाँको भनाई छ ।
भक्तपुरको कमलविनायकमा निमार्णको क्रममा रहेको गार्डेन मार्ट
‘एकीकरणमात्र सहकारीलाई सबल, प्रविधियुक्त र विशाल बनाउने सरकारको नीतिमा सहयोग गर्न पाएकोमा खुसी छौं ’, अध्यक्ष शर्माले भन्नुभयो, ‘यसले सहकारी अभियानलाई नै बलियो बनाएको छ । हामी अभियान सुदृढीकरणको महायज्ञमा होमिएका छौं ।’
अन्तर्राष्ट्रिय अभ्यासमा सहकारीमार्फत सफल मार्टहरु सञ्चालनमा आएका छन् ।
गार्डेन मार्ट नाम दिइने यस प्रकारका किनमेल केन्द्रहरु निक्कै सफल, भरपर्दो र विश्वसनीय पनि छन् । स्थानीय उत्पादहरुको राम्रो मुल्यमा खपत मात्र होइन संरक्षण र प्रवद्र्धनमा समेत यस प्रकारका मार्टहरु सफल हुने दाबी अध्यक्ष शर्माले गर्नुभयो । चर्को मुल्यमा कमसल सामान खरिद गर्न बाध्य उपभोक्ताहरुका लागि सहकारीमार्फत सञ्चालन गर्ने तयारीमा रहेका यस्ता मार्ट खुसीको कोसेली बन्ने दाबी अध्यक्ष शर्माले गर्नुभयो ।
संस्थाले सञ्चालन गरेको डडेलधुरा स्थित गार्डेन मार्ट
काठमाडौं । पछिल्लो समय सहकारीमा एकिकरणको लहरनै चलेको छ । संख्यात्मक रुपमा बढी भएको भन्दै गुणात्मक विकासकालागि सहकारीको एकिकरण अभियान थालिएको हो । पछिल्लो समय चालु आर्थिक वर्षको बजेटमा पनि सहकारीलाई एकिकरणमा जान प्रोत्साहन गरिने सरकारको नीति रहेको छ ।
त्यसैले उद्धेश्य मिल्ने सहकारी संस्थाहरु धमाधम एकिकरण हुन थालेका छन् । त्यसैगरी पछिल्लो समय भक्तपुरका दुई वटा सहकारीहरु एकिकरण भएका छन् । भक्तपुरको सल्लाघारीमा रहेको शिव शिखर कृषि सहकारी र कौशलटारमा रहेको शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएका हुन् । एकिकरण पछि शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको नामबाट कारोबार संचालन हुने संस्थाका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिए ।
एकिकृत कारोबारकालागि सहकारी विभागले साउन ४ गते संस्थालाई अनुमती दिएको थियो । संस्थाको उपत्यकाको तीन जिल्ला सहित ३५ जिल्ला कार्यक्षेत्र रहेको जनाइएको छ । पछिल्लो तथ्याङ्क अनुसार बागमती प्रदेशले ४६ वटा विभिन्न प्रकृतिका सहकारी संस्था एकीकरण गरी १६ वटा कायम गरेको छ । प्रदेश सहकारी ऐन २०७६ र प्रदेश सहकारी नियमावली २०७६ को आधारमा सहकारी एकीकरण गरिएको हो । असार महिनामा मात्रै ४० सहकारी एकीकरण भई १३ वटा कायम भएको जनइएको छ ।
शिखरदिप बहुउद्देश्यीय सहकारी संस्था र शिवशिखर कृषि सहकारी संस्थाले भक्तपुर नगरपालिकाको विपद् ब्यवस्थापन कोषमा खाद्यान्न सहयोग गरेका छन् ।
संस्थाले भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतीलाई १५० प्याकेट उपकार चामल, १५० प्याकेट चनाको दाल तथा १५० प्याकेट नुनलगाएतको राहत हस्तान्तरण गरेको जनाएको छ ।
विश्व कोरोना भाइरसको संक्रमणले थलिरहेको र नेपालमा समेत पूर्ण लकडाउनको अवस्था रहेको हुँदा दैनिक ज्याला मजदुरी गर्ने, कोठा भाडामा वस्ने अति विपन्न लगाएतका वर्गलाई राहत पुगोस् भन्ने उद्धेश्यले स्थापना भएको उक्त कोषमा सहयोग गरेको संस्थाले जनाएको छ ।
कौशलटारमा मुख्य कार्यालय रहेको शिखरदिप बहुउद्देश्यीय सहकारीले कीर्तिपुर नगरपालिका तथा नगरपालिकाको वडा नम्वर ७, ८ र ९ मा रहेका विद्यार्थीहरुलाई खाद्ययान्न सहयोग गरेको छ । संस्थाको कीर्तिपुर शाखा कार्यालय तथा नगरपालिका मार्फत विद्यार्थीहरूलाई राहत सामाग्री वितरण गरेको हो ।
अनेरास्ववियुको समन्वयमा कीर्तिपुर नगरपालिका वडा नं. ७, ८ र ९ मा बसेका विद्यार्थीहरुलाइ बैशाख ६ गते चामल ३०० बोरा (४५ क्वीन्टल), चना दाल ३०० प्याकेट (६०० किलो) र खाने तेल ३०० बोतल (३०० लिटर ) वितरण गरेको थियो ।
त्यसैगरी संस्थाले बैशाख ७ गते जिरा मसिनो चामल ६०० प्याकेट (३० क्वीन्टल), चना दाल ६०० प्याकेट (६०० के.जी.) किर्तीपुर नगरपालिकाका मेयर रमेश महर्जन र उपमेयर सरस्वती खडकालाई संयुक्त रुपमा हस्तान्तरण गरेको संस्थाका मुख्य प्रवन्धक लिलानाथ गौतम ले जानकारी दिए ।
राहत वितरण कार्यक्रममा संस्थाका अध्यक्ष केदारनाथ शर्माले बिद्यार्थिहरु राष्ट्रका कर्णधार भएकाले उनिहरुलाई यस विषम परिस्थितिमा सहयोग गर्नु हाम्रो कर्तव्य भएको बताए । उनले भने ‘हामी संग नेपालको जनसंख्या लाई १ महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेकोले कसैले पनि भोकै मर्ने दिन आउन नदिने बताए ।’
कार्यक्रममा अनेरास्ववियु केन्द्रीय समितिका अध्यक्ष ऐनसिंह महर तथा नगर प्रमुख, उपप्रमुख र किर्तीपुर नगरपालिका ७ नम्वर वडा अध्यक्ष राजकुमार मालीले देश लकडाउन भई घरमै वस्नु परेको अवस्थामा टाढाबाट अध्ययन गर्न आई किर्तीपुर क्षेत्रमा बसोवास गर्ने बिद्यार्थी हरुलार्ई शिखरदिप बहुउद्देश्यीय सहकारी संस्थाले गरेको सहयोको प्रसंसा गरे ।
की.न.पा. वडा नं.७ स्थित साल्भानिया स्कुलको प्रांगणमा भेला भएका विद्यार्थीहरूलाई राहत वितरण गरिएको थियो । वडा नं.७ ले नाम टिपाएका अनेरास्ववियू नेता मंगल थापाको व्यवस्थापनमा अखिल केन्द्रिय नेता ऐन महरको पहलमा की.न.पा. वडा नं. ७ का अध्यक्ष राजकुमार माली, वडा नं.९ का वडाध्यक्ष गंगाराम महर्जन, नेकपा कीर्तिपुर नगर अध्यक्ष विकास महर्जन लगायतको उपस्थिति रहेका छन ।
शिखरदीपका केन्दीय अध्यक्ष केदारनाथ शर्माले आफ्नो मन्तव्य राख्नेक्रममा टाढा टाढाबाट कीर्तिपुरमा आएर अध्ययन गरिरहनु भएका विद्यार्थीहरु भोकै छन भन्ने सुनेर यस्तो संकटको बेला सहयोग गर्नु हामी सबैको कर्तव्य ठानेर ३०० (तीनसय जना)को लागि राहत सामाग्री लिएर आएको हो । यहाँ तीनसय भन्दा बढी रहेछ । अहिले जति वितरण भयो । कति जनालाई पुगेन लिस्ट अनुसार नपुग भोलि दिने बचन दिनुभयो । उक्त राहत पोकामा शिखरको ब्राण्ड उपकार चामल १५ के.जी., दाल २ केजी र सन फ्लावर तेल एक बोतल रहेको छ ।
नगरपालिकाले राहत दिंदा एक जनालाई एक हप्ताको ३ किलोको दरले दिएको थियो । यस हिसाबले अहिले शिखरदीपले १५ किलो दिंदा के विद्यार्थीहरूलाई ५ हप्ताको लागि पुग्ने भयो त होइन ? ५ हप्तासम्म यी विद्यार्थीहरूले अब अन्त कतै राहत लिन जाँदैन ? यसको के ग्यारेन्टी ?
परिचय पत्र हेरेर मात्र नाम लेखेर व्यवस्थित ढंगले राहत वितरण गर्नको लागि हिजो नै वडा नं.७ का सचिव ज्ञानेन्द्र महर्जनले लिस्ट बनाएर दिएकोमा अहिले राहत बाँड्दा जो अगाडि आयो उसलाई दियो । यस हिसाबले कसरी निस्पक्ष रुपमा राहत बाँड्न सकिन्छ ।
विद्यार्थी भनेको पढेलेखेका शिक्षित व्यक्तित्व भन्ने ठान्छन । र त्यहाँको स्थिति हेर्दा भद्रगोल छ । अहिलेको परिस्थितिमा सामाजिक दुरी कायम राख्न जति अनुरोध गरे पनि मानेन । ठेलम ठेल गरेर बसेको देखिन्छ ।
आयोजकहरु पनि त्यतिकै जिउ छुने गरी बसेका छन ।
जे होस शिखरदीप सहकारीले सामाजिक उतरदायित्व निर्वाह गरेको छ ।
कौशलटारमा मुख्य कार्यालय रहेको शिखरदिप बहुउद्देश्यीय सहकारी संस्थाले कीर्तिपुर नगरपालिका वडा नम्वर ९ को कार्यालयलाई खाद्ययान्न सहयोग गरेको छ ।
संस्थाले वडा कार्यालयको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा राहत सहायता कोषमा २५ किलोको ६० बोरा चामल तथा खाने तेल १५० लिटर र मासको दाल १ सय किलो सहयोग गरेको हो । संस्थाले कीर्तिपुर सेवाकेन्द्र मार्फत उक्त सहयोग नगरपालिकाको वडा ९ लाई राहत सामाग्री हस्तान्तरण गरेको संस्थाका मुख्य प्रवन्धक लिलानाथ गौतमले जानकारी दिए ।
विश्व कोरोना भाइरसको संक्रमणले थलिरहेको र नेपालमा समेत पूर्ण लकडाउनको अवस्था रहेको हुँदा दैनिक ज्याला मजदुरी गर्ने, कोठा भाडामा वस्ने लगाएतका विपन्न वर्गलाई राहत पुगोस् भन्ने उदेश्यले स्थापना भएको उक्त कोषमा राहत सहयोग गरेको मुख्य प्रवन्धक गौतमले बताए ।
सहकारी ऐन २०७४ अन्तर्गत स्थापित यस शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि. (साविक शिखारदिप बहुउद्देश्यीय सहकारी संस्था लि. र शिव शिखर कृषि सहकारी संस्था लि .) बिच २०७७/०४/०४ मा मर्ज भएको देशका ३५ जिल्लामा कार्य क्षेत्र रहेको बहुउद्देश्यीय प्रकृतिको सहकारी इजाजत प्राप्त संस्था हो। यसका बैतडी ,कंचनपुर ,डडेल्धुरा ,डोटी, कैलाली ,बाँके ,सुर्खेत ,बर्दिया ,दैलेख , दाङ्ग ,बाग्लुङ्ग ,गुल्मी , अर्घाखाची , कपिलवस्तु , रुपन्देही ,नवलपरासी ,लम्जुङ्ग , कस्कि , गोर्खा ,कास्की , गोर्खा , धादिंग ,नुवाकोट ,काठमाडौँ ,ललितपुर ,भक्तपुर ,काभ्रेपलान्चोक , मकवानपुर , चितवन , दोलखा , रामेछाप , सिन्धुली ,ओखलढुङ्गा , ताप्लेजुङ्ग , तेह्रथुम , इलाम र पाँचथर जिल्लाहरु कार्य क्षेत्र रहेको छन्।
०१-६६३५२३७/६६३५२६२/६६३९०४७
shivashikharho@gmail.com
कौशलटार ०३ ,मध्यपुर ठिमी नगरपालिका ,भक्तपुर ,बागमती प्रदेश ,नेपाल
shikhardeepkb@gmail.com
मुलढोका १० , कमलविनायक, भक्तपुर नगरपालिका ,भक्तपुर , बागमती प्रदेश ,नेपाल
०१-४२४३७९० , ४२४३७९६
shikhardip003@gmail.com
बागबजार २८ ,काठमाडौँ महानगरपालिका ,काठमाडौँ ,बागमती प्रदेश ,नेपाल
shivashikhar@gmail.com
सल्लाघारी-१, भक्तपुर महानगरपालिका , भक्तपुर, बागमती प्रदेश, नेपाल
dhangadhishivashikhar@gmail.com
कैलाली पुल-१, धनगढी उप-महानगरपालिका, कैलाली, सुदुरपश्चिम प्रदेश, नेपाल
०८१-५४११५५, ०८१-५४२१५५
shvskrkpr@gmail.com
NTV रोड-११, कोहलपुर नगरपालिका, बाँके, प्रदेश नं. ५, नेपाल
०९६-४२०३६५
shivashikhardadeldhura@gmail.com
बागबजार-५, अमरगढी नगरपालिका, डडेल्धुरा,सुदुरपश्चिम प्रदेश, नेपाल
०५६-५३४२४८, ०५६-५६३४२४९
shivashikharnarayanghat@gmail.com
एयरपोर्ट चोक -१०, भरतपुर महानगरपालिका, चितवन, बागमती प्रदेश, नेपाल
०६१-५२०३६०, ५२०४३७
shivashikhar.pokhara006@gmail.com
प्रश्याङ्ग - ५, पोखरा महानगरपालिका, कास्की, गण्डकी प्रदेश, नेपाल
०१-४२३१५५५, ४२३०६४५
shivashikhar004@gmail.com
न्युरोड ,काठमाडौँ महानगरपालिका -२४ ,काठमाडौँ ,बागमती प्रदेश ,नेपाल
०१-५५४०७८५
shikhardeep005@gmail.com
मंगलबजार,ललितपुर महानगरपालिका -१६, ललितपुर, बागमती प्रदेश ,नेपाल
०१-४३७८४७३
shivashikhar007@gmail.com
महाराजगंज ,काठमाडौँ महानगरपालिका ,काठमाडौँ ,बागमती प्रदेश ,नेपाल
०१-४३३१०३१, ४३३६४५७
kritipurbranch@gmail.com
नयाँबजार, कीर्तिपुर -०९ ,कीर्तिपुर नगरपालिका , बागमती प्रदेश ,नेपाल
०८२-५२३१२९
shivashikhartulshipur@gmail.com
तुल्सीपुर, बहिनीचोक, दाङ्ग उपमहानगरपालिका-०६, नेपाल
०९१-५५०३८४
shivashikharattariya@gmail.com
अत्तरिया, कैलाली , गोदावरी नगरपालिका- ०१ , प्रदेश ०७, नेपाल
०६८-५२४०३३/३४
ssmultipurpose.baglung@gmail.com
श्री नगर टोल, बागलुङ, बागलुङ नगरपालिका-०४, गण्डकी प्रदेश, नेपाल
०८३-५१३३५
shivashikhar016@gmail.com
सुर्खेत, बिरेन्द्रनगर नगरपालिका -१०, कर्णाली प्रदेश , नेपाल
०५७-५९०३७०,५९०३७१
shivashikharhetauda@gmail.com
पारिजात पथ, हेटौडा नगरपालिका -०४ , बागमती प्रदेश ,नेपाल
०५६-५९४७३८
shivashikhartandi@gmail.com
सौराहा चोक, रत्ननगर -०१ , टाँडी, चितवन, बागमती प्रदेश, नेपाल
०९९-५९००००, ०९९-५९०००२
shivashikharmnagar@gmail.com
चमन चौराहा चोक, भीमदत्त नगरपालिका - ०६, महेन्द्रनगर, कञ्चनपुर, सुदूरपश्चिम प्रदेश
०१-५०१४८९०
thaibabranch21@gmail.com
थैब, गोदावरी नगरपालिका -१४, ललितपुर, बागमती प्रदेश, नेपाल
०८१-५३२७३६/३७
shivashikharnpj022@gmail.com
न्युरोड ,नेपालगंज नगरपालिका -०२ ,बाँके ,लुम्बिनी प्रदेश ,नेपाल
०८१-४१३११८, ०८१-४१३११७
चादनी चोक, बैजनाथ नगरपालिका, बाँके ,लुम्बिनी प्रदेश ,नेपाल
०७१-४१९१४२,४१९१४३
shivashikharbutwal@gmail.com
योगिकुटी टोल, बुटवल उपमहानगरपालिका - १०, रुपन्देही, लुम्बिनी प्रदेश ,नेपाल
बेलौरी कंचनपुर शाखा
०९९५८०१५०
shivashikharbelauri@gmail.com
बेलौरी,०४, कंचनपुर, महाकाली, सुदूरपश्चिम प्रदेश, नेपाल
०९४५९०३१०
shivashikhardipayal310@gmail.com
पिपल्ला, ०४, दिपायलसिलगढी, सेती, डोटी, सुदूरपश्चिम प्रदेश, नेपाल
वेबसाइट डिजाइन र निर्माण : Technodawn