सूचना

Uncategorized

नेपालकालागि एक महिना पुग्ने खाद्ययान्न हामीसंग छ

शिखरदिप बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्माले नेपालकालागि एक महिना धान्ने खाद्यान्न आफूहरुसंग भएको बताएका छन् ।उनले देशले भोगीरहेको कारोना भाइरसको विषम् परिस्थितिमा जनताको घरघरमा पुग्न सरकारसंग सहकार्य गर्न तयार रहेको पनि वताए । उनले अहिले चामल, दाल, मैदा, घिउ तेल, चिनी चियापत्ती, मह, जाम, अचार, जिरा, धनियाँ लगाएतका २५४ प्रकारका उपकार ब्राण्डमा उत्पादन भइरहेको बताएका छन् ।

उनले भने ‘सरकार छ महिनालाई पुग्ने खाद्यान्न छ भनिरहेको छ, हामीसंग एक महिना पुग्ने खाद्यान्न छ, हामी नेपाल सरकारसंग सहकार्य गर्न चाहन्छौं । अहिलेको अवस्थामा सदाको भन्दा पाँच प्रतिशत छुटमा हाम्रा उत्पादनहरु घरघरमा पुर्यादिएका पनि छौं । देश कारोना भाइरसको त्रासका कारण लकडाउन (बन्दाबन्दि) मा रहेको बेला हामीले होम डेलीभरी गरेर सदस्य तथा सर्वसाधारणकोमा खाद्यान्न पुर्याएका छौं ।

शिखरदिप बहुउद्देश्यीय सहकारीको काठमाडौं उपत्यकामा ७ वटा सेवा केन्द्र रहेको र सवै सेवाकेन्द्र तथा कम्पनीको विक्री केन्द्र मार्फत उत्पादनहरु देश भरी पाँच प्रतिशत छुटमा विक्री गरीरहेको उनले बताए । हामी गल्लीगल्लीमा हाम्रा उत्पादनहरु पुर्याएर सेवा दिइरहेको र मूलुकलाई परेको यो संकटको घडीमा नेपाली जनता तथा सरकारलाई दिलो ज्यान लगाएर सहयोग गर्न तयार रहेको अध्यक्ष शर्माले बताए । उनले भने देशभर तीनहजार जना कमचारी मार्फत सेवा दिइरहेको छौं ।

सदस्यहरुलाई निशंकोच संस्थाका उत्पादन उपभोग गर्न र संस्थासंग वित्तिय कारोवार गर्न पनि अनुरोध गरे, उनले भने संस्थागत रुपमा हामी बलियो छौं।हामी सहकारी मोडलको नमूना ब्यवसाय गरेर देखाउन चाहन्छौं, सरोकारवालाहरुले यसका बाधाहरु फुकाइ दिनुपर्छ।सहकारीलाई ब्यवसाय गर्न दिनुपर्छ सहकारी उत्पादनको आफ्नैट्रेडमार्कहुनुपर्छ ।

उनले अहिले सहकारी र निजीलाई समेटेर काम गरिहेको बताएका छन् । सहकारी मार्फत मात्र काम गर्न कानूनी अड्चन भएकोले बाध्य भएर कम्पनी मार्फत खाध्य सामाग्री उत्पादन गर्नु परेको र सहकारी मार्फत प्रवद्र्धन र वितरण भइरहेको छ । ‘देश ब्यापी रुपमा खाद्यान्न तथा कृषि सामाग्रीको बजारीकरण गरिरहेका छौं । सहकारी मार्फत ठूलो उद्योग संचालन गर्न विभिन्न कानुनी अड्चन छन् । सहकारी संस्थाहरु चाहेर पनि उत्पादनमा जान सकेका छैनन् ।

राज्यले सहकारीलाई बचत संकलन तथा ऋण लगानीमा मात्र सिमित नरहेर उत्पादनमा जानु पर्छ भनेको छ, उद्धेश्य अनुसार ७० प्रतिशत काम गर्नु पर्छ भनेको छ, तर हामी चाहेर पनि जान सहकारी मार्फत जान सकिरहेका छैनौं । राज्यले सहकारीलाई उत्पादनमा जान सक्ने बाताबरण वा कानुन निर्माण गरि दिनु पर्छ । यसकालागि सरोकारवालाहरुले सहजीकरण गरिदिनु पर्छ । सहकारीका नेताहरुले सहकारीलाई अनुदान र कमशिन मिलाउने काम गर्नु भन्दा पनि सहकारीलाई ब्यवसायीक रुपमा अघी वढ्न बाधा बनेका कानूनी अड्चन हटाउने तर्फ पहल गर्नु पर्छ ।

Lockdwon Stock

उनले सदस्यहरुलाई निशंकोच संस्थाका उत्पादन उपभोग गर्न र संस्थासंग वित्तिय कारोवार गर्न पनि अनुरोध गरे, उनले भने संस्थागतरुपमा हामी बलियो छौं । हामी सहकारी मोडलको नमूना ब्यवसाय गरेर देखाउन चाहन्छौं, सरोकारवालाहरुले यसका बाधाहरु फुकाइदिनु पर्छ । सहकारीलाई ब्यवसाय गर्न दिनु पर्छ सहकारी उत्पादनको आफ्नै ट्रेडमार्क हुनु पर्छ, ।

अव सहकारीको उत्पादन निर्यात पनि हुनु पर्छ । बजार हामी संग छ, बजारको ग्यारेण्टी हामी लिन्छौं । हामी देश भरीका सहकारीका उत्पादनको जिम्मा लिन्छौ । तर राज्यले हामीलाई सहकारी मार्फत ब्यवसाय गर्न दिनु पर्छ । भाषणमा मात्र सहकारीलाई उत्पादनमा जानु पर्छ भनेर हुन्न । 

Uncategorized

शिखरदीप सहकारी कीर्तिपुर शाखाका प्रबन्धक रशना शाक्यसँग एक छिन

गत चैत ७ गते शुक्रवार शिखरदीप सहकारीको बारेमा एउटा अनलाईनको खबरले कीर्तिपुरमा हंगामा ल्याइदियो ।  त्यस सम्बन्धी कीर्तिपुर सन्देश साप्ताहिकका प्रतिनिधिले लिएको कुराकानीको संक्षिप्त विवरण यहा प्रस्तुत गरिएको छ ।

रशनाजी शिखरदीप सहकारीको बारेमा यो हप्ता कीर्तिपुरमा निकै चर्चा भएको छ वास्तविकता के हो 

हो एउटा अनलाईन खबर पत्रिकाले शिखरदीप सहकारी संस्थाप्रति भ्रामक र नकारात्मक समाचार सम्प्रेषण गरेको छ । त्यही भ्रामक समाचारका कारण हाम्रा शेयर सदस्यहरू आतिएर सोधपुछ गर्न आउनुभएको हो । सकारात्मक भन्दा नकारात्मक खबर चाँडै फैलिन्छ । फेरि अहिलेका यो अनलाईनहरूले प्रचारमा आउन भूmठो खबर संप्रेषण गरिरहेको धेरै उदाहरणहरू छन् ।

शिखरदीप सहकारीको छोटो परिचयको साथै कीर्तिपुरमा कहिलेदेखि कारोबार गर्नु भएको हो जानकारी दिनुहोस्

शिखरदीप बहुउद्देश्यीय सहकारी संस्था लि. २०६५ जेठ २ गते भक्तपुरको कौसलटार मुख्य कार्यालय रहने गरी स्थापना भएको हो । यो ११ वर्षको अवधिमा काठमाडौं उपत्यकामा ६ वटा शाखा कार्यालयहरू संचालन भैरहेका छन् । जस्तै १. कमलविनायक –भक्तपुर, २.मंगलबजार—ललितपुर ३.बागबजार—काठमाडौं ४.न्यूरोड—काठमाडौं  ५. महाराजगन्ज —काठमाडौं र ६.कीर्तिपुर—काठमाडौं । छोटकरीमा भत्रे हो भने यो संस्थाको कूल शेयर पुँजी ३३ करोड रुपैयाँ छ भने संस्थाको जम्मा कारोबार रकम ४०० करोड रुपैयाँ छ । संस्थाको बचत रु.३६७ करोड रहेको जानकारी दिन चाहन्छु । 

कीर्तिपुरमा कहिलेदेखि कारोबार गर्न थाल्नु भएको थियो ।

कीर्तिपुरमा २०७२ बैशाखमा नै कार्यालय उद्घाटन गर्ने कार्यक्रम थियो । भूकम्पका कारण श्रावण ३२ गते देखि संचालन गरेका थियौं ।

यो हल्लाको बारेमा तपाईं के भन्न चाहनुहुन्छ 

सहकारी क्षेत्रमा हामीहरू फरक र सफल तरिकाले उत्पादनशील क्षेत्रमा लगानि गरि शेयर सदस्यहरूको वचतलाई सुनिश्चित गरेका छौं । हाम्रो सहकारीले वचत तथा ऋणमा मात्र कारोबार नगरी उत्पादनशील क्षेत्रमा समेत लगानि गरेकोले शेयर सदस्यहरूले यसप्रति कुनै पनि शंका गर्नु पर्ने अवस्था छैन । विगत एक दशकभन्दा लामो समय यस क्षेत्रमा सफल अनुभव संगालेको सहकारी भएकोले यस सहकारी प्रति आएका हल्ला र अफवाहको पछाडि लागि कुनै पनि शंका गर्नुपर्ने अवस्था छैन ।

अनि बचतकर्ताहरू डराउनुको कारण के होला त 

आजकल नेपालमा कसैको चरित्र तथा व्यवसायिक रुपमा असफल बनाउन कसैले हल्ला गरेकै भरमा आफ्नो बचत असुरक्षित ठान्नु भएकोले हो । हामीले सबैलाई सम्झाई बुझाई त्यसको पछाडि लाग्नुभन्दा अगाडि वास्तविकता बुझ्न अनुरोध ग¥यौं । उहाँहरूको बचत सुरक्षित छ । यस कीर्तिपुर सेवा केन्द्रले शेयर सदस्य तथा वचत कर्ताहरूलाई छुट सुविधा सहित सुविधाजनक तरिकाले सपिङ गर्नको लागि आधुनिक तथा सुविधाजनक गार्डेन मार्ट सञ्चालन गर्न लागेका छौं ।

कीर्तिपुर सहकारी संजालले त तपाईंहरूलाई कीर्तिपुरमा कारोबार गर्ने अधिकार नै छैन । गैर कानूनी रूपले काम गरिरहनु भएको त्यसैले कारवाही गरी पाउँ भनेर कीर्तिपुर नगरपालिका सहकारी विभागमा ज्ञापन पत्र दिएको समाचार बाहिर आएको छ नि, त्यो के हो 

हामीले कीर्तिपुर नगरपालिकामा व्यवसाय गर्न अनुमति लिएको छु । व्यवसाय दर्ता प्रमाण पत्र हामीसँग छ । यस सहकारी संस्थाले साविक डिभिजन सहकारीबाट सेवा केन्द्र खोल्न अनुमति लिएको तर विनियममा कीर्तिपुर सेवा केन्द्र रहने भनी उल्लेख नभएकोले यस संस्थाका अध्यक्ष केदार नाथ शर्मा कीर्तिपुर नगरपालिका सहकारी विभागमा आउनु भै सहकारी विभाग प्रमुख सुजिन्द्र महर्जन समक्ष बैशाख महिनाभित्र अनुमति लिई सक्ने दरखास्त बुझाउनु भएको छ । जुन सुजिन्द्र महर्जनले सहर्ष स्वीकारनु भएको छ । त्यसैले यसमा कुनै दुविधामा नरहन अनुरोध गर्दछु ।

अन्तमा केही भन्नु छ कि 

सामाजिक सञ्जालमा शिखरदीप सहकारी संस्था प्रति नकारात्मक समाचार सम्प्रेषण भई शेयर सदस्यप्रति भ्रम सृजना भई संस्थाको बारेमा चासो राखी सुझाव सल्लाह र चासो राख्न आउनु भएका सबै सदस्यहरूप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

Uncategorized

कीर्तिपुरमा पहिलो चरणमा २४ लाखको राहत, विहिवारदेखि वितरण

कीर्तिपुर नगरपालिकाले खानाको लागी समस्या भएकाहरुलाई विहिवार चैत्र २७ गतेदेखि राहत वितरण गर्ने भएको छ । राहत वितरण गर्नका लागि आवश्यक खाद्यान्न चैत्र २४ आज सोमवारवाट ल्याएका छन् । आज सोमवार त्यहि मात्रामा कीर्तिपुरमा ७ सय बोरा चामल, त्यस्तै दाल, तेल, नुन, चिनी ल्याएको कीर्तिपुर नगरपालिकाका उपप्रमुख सरस्वती खड्काले बताउनु भएको छ । उहाँले कीर्तिअनलाईनसंग कुरा गर्दै सो कुरा बताउनु भएको हो । कीर्तिपुर नगरपालिकाले लकडाउनको समयमा वितरण गर्नका लागि ५० लाखको बजेट छुट्याइएकोमा पहिलो चरणका लागि २४ लाखको खाद्यान्न ल्याउने योजना रहे अनुसार भोली मंगलवार फेरी ३ सय बोरा चामल ल्याउने समेत उहाँले बताउनु भयो । जम्मा एक हजार बोरा चामल र त्यहि अनुसारका अन्य खाद्यान्न सहित विहिवार राहत वितरण गर्ने योजना आफूहरुले बताएको बताउदै अहिले सम्म राहतका लागि प्रदेश सरकार र केन्द्र सरकारवाट कुनै पनि सहयोग नआएको बताउनु भयो । नगरपालिकाको बजेटले मात्र नभ्याउने भएका कारण आफूहरुले सार्वजनिक रुपमा नै राहतका लागि आह्वान गरेको बताउदै आज मात्रै शिखरदीप बहुउद्देश्यीय सहकारीले ६० बोरा चामल र त्यहि अनुपाटमा तेल १५० लिटर र दाल १ सय केजि सहयोग गरेको समेत बताउनु भयो ।

Uncategorized

शिखरदिप सहकारीका खाद्यन्नमा ५ प्रतिशत छुट, ८ स्थानमा रहेको सदस्य सेवा काउन्टरबाट छुट पाइने

खाद्यान्न लगायतका विभिन्न दैनिक उपभोग्य बस्तुहरु उत्पादन गर्दै आइरहेको शिखरदिप बहुउदेश्यिय सहकारी संस्था गठ्ठाघरले आफना उत्पादनमा ५ प्रतिशत छुट दिने भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको त्रासका कारण नेपाली बजार समेत प्रभावित बनिरहेको सन्र्दभमा सहकारीले यो योजना ल्याएको हो । सहकारीका अध्यक्ष केदारनथाथ शर्माका अनुसार हाल काठमाण्डौ उपत्यकाका कीर्तिपुर, पाटनको मंगलबजार, बागबजार, न्यूरोड, महाराजगंज, कौशलटार, सल्लाघारी र सूर्यविनायक गरि ८ स्थानमा रहेको सदस्य सेवा काउन्टरबाट उपभोक्ताहरुले दैनिक उपभोग्य बस्तुको खरिदमा ५ प्रतिशतसम्मको छुट दिने व्यवस्था मिलाइएको छ । यो सहकारीले अहिले उपकार ब्राण्डमा चामल, दाल, मैदा, चिनी, चियापत्ती, घिउ, तेल, जाम लगायतका दर्जनौ उपभोग्य बस्तु उत्पादन गर्दै आइरहेको छ । ‘हाम्रो उद्योगमा करिव १ महिनासम्मका लागि पुग्ने खाद्यन्न सामग्रि छन् । यस्तो संकटको वेलामा सरकारलाई सघाउन र नागरिकलाई अफठ्यारोमा साथ दिन छुटको व्यवस्था गरेका हौ । यसले कालाबजारी नियन्त्रणमा पनि सहयोग पुग्ने अपेक्षा गरेका छौं’, अध्यक्ष शर्माले बताए । बजारमा अहिले दैनिक उपभोग्य बस्तुमा कालाबजारी बढ्दै गएको सन्र्दभमा आफना शेयर सदस्य तथा अन्य उपभोक्तालाई राहात उपलब्ध गराउन यो व्यवस्था गरिएको अध्यक्ष शर्माले बताए ।

1 2
हाम्रो कम्पनी बारे

सहकारी ऐन २०७४ अन्तर्गत स्थापित यस शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि. (साविक शिखारदिप बहुउद्देश्यीय सहकारी संस्था लि. र शिव शिखर कृषि सहकारी संस्था लि .)  बिच २०७७/०४/०४ मा मर्ज भएको देशका ३५ जिल्लामा कार्य क्षेत्र रहेको बहुउद्देश्यीय प्रकृतिको सहकारी इजाजत प्राप्त संस्था हो। यसका बैतडी ,कंचनपुर ,डडेल्धुरा ,डोटी, कैलाली ,बाँके ,सुर्खेत ,बर्दिया ,दैलेख , दाङ्ग ,बाग्लुङ्ग ,गुल्मी , अर्घाखाची , कपिलवस्तु , रुपन्देही ,नवलपरासी ,लम्जुङ्ग , कस्कि , गोर्खा ,कास्की , गोर्खा , धादिंग ,नुवाकोट ,काठमाडौँ ,ललितपुर ,भक्तपुर ,काभ्रेपलान्चोक , मकवानपुर , चितवन , दोलखा , रामेछाप , सिन्धुली ,ओखलढुङ्गा , ताप्लेजुङ्ग  , तेह्रथुम , इलाम र पाँचथर जिल्लाहरु कार्य क्षेत्र रहेको छन्।

Privacy Settings
We use cookies to enhance your experience while using our website. If you are using our Services via a browser you can restrict, block or remove cookies through your web browser settings. We also use content and scripts from third parties that may use tracking technologies. You can selectively provide your consent below to allow such third party embeds. For complete information about the cookies we use, data we collect and how we process them, please check our Privacy Policy
Youtube
Consent to display content from Youtube
Vimeo
Consent to display content from Vimeo
Google Maps
Consent to display content from Google
Spotify
Consent to display content from Spotify
Sound Cloud
Consent to display content from Sound